प्रचण्डद्वारा रामेछापको खैरनीघाटमा बनेको पुलको उद्घाटन,पुर्व राजाको बकबक नरोके नागार्जुनबाट निकाल्ने चेतावनी ।

राजनीति

प्रचण्डद्वारा रामेछापको खैरनीघाटमा बनेको पुलको उद्घाटन,पुर्व राजाको बकबक नरोके नागार्जुनबाट निकाल्ने चेतावनी ।
अगस्ट ४ रामेछाप:-नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले पुर्व राजा ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए । वी पीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, उनले भने ।प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे । करिब नौ करोड लागतमा निर्माण सम्पन्न भएको पुलको उदघाटन आज साउन १९ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भएको जानकारी खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले दिनु भयो पुल सञ्चालनमा आएपछि रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई राजधानी काठमाडौं र सदरमुकाम मन्थली आउन जान सहज हुने भएको छ । i  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...