चितवनबाट पुष्प कमल दाहाल जितको नजिक |

राजनीति

चितवनबाट पुष्प कमल दाहाल जितको नजिक |

डिसेम्बर ११ चितवन :-चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगभग जितको नजिक पुगेका छन् ।ताजा मतअनुसार १५ हजार ८ सय ४० मतगणना हुँन बाँकि रहेको चितवन ३ मा प्रचण्ड १० हजार ७ सय ४५ मतले अगाडि छन् । पछिल्लो मतअनुसार प्रचण्डको ४१ हजार ५ सय ७४ मत रहेको छ भने राप्रपाका बिक्रम पाण्डेको ३० हजार ८ सय २९ मत रहेको छ ।

सुरुवाती अग्रता लिएका राप्रपाका पाण्डेसँग प्रचण्डले मतगणनाको तेस्रो दिन आइपुग्दा मतान्तर निरन्तर रुपमा बढाउँदै लानुभएको छ । राप्रपाका पाण्डेले जित्नका लागि अब गणना हुँन बाँकि १५ हजार मतमध्ये लगभग १३ हजार मत ल्याउनु पर्ने देखिएको छ ।पाण्डेको दोस्रो संविधानसभा चुनावमा विजयी भएको क्षेत्र माडीको मतगणना सकिएकाले पाण्डेले अब १३ हजार मत ल्याएर प्रचण्डलाई हराउन कठिन रहेको बताइएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...