सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ ।

राजनीति

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ ।
नोबेम्बर ५ पिम तमु काठमाडौँ :- मंगलबार बिहान एक समारोहबीच सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् । मन्त्रि परिषद्को बिहीबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस नेतृत्वको सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुख हटाएपछि सत्तारुढ दलको सिफारिसमा सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाँई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त गरेको छ ।सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्रि केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा लगायत उपस्थित थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...