उत्कर्षमा पुग्यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को बिबाद ,स्थायी समितिको बैठक फेरि स्थगित।

राजनीति

उत्कर्षमा पुग्यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को बिबाद ,स्थायी समितिको बैठक फेरि स्थगित।
जुलाई ८ काठमाडौँ :-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी समिति बैठक थप दुई दिनका लागि स्थगित भएको जानकारी दिए। यही असर १० गतेदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएसँगै विवाद उत्कर्षमा पुगेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...