नेशनल लाइफद्वारा रु ५० लाखको घातक रोग बीमाङ्क रकम भुक्तानी

समाज    स्वास्थ्य

दमक, २६ भदौं–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले दमकमा रु ५० लाख बराबरको घातक रोग दाबी भुत्तानी वापत बीमाङ्क रकम हस्तान्त्रण गरेको छ । कम्पनीका वरिष्ठ अभिकर्ता एबम् बीमित नारायण प्रसाद खरेललाई ठूलो आन्द्रामा क्यानसर भएको थियो ।

कम्पनीको प्रावधान अनुसार खरेललाई आज एक कार्यक्रमबीच घातक रोग दाबी भुत्तानी बीमाङ्क रुकम हस्तान्त्रण गरेको हो । कम्पनीका दमक शाखा प्रमुख सुमन कुमार राईले खरेललाई घातक रोग दाबी भुत्तानी वापत बीमाङ्क रकम ५० लाखको चेक हस्तान्त्रण गर्नुभएको थियो । चेक हस्तान्त्रण कार्यक्रममा अभिकर्ता संघका अध्यक्ष नारायण भण्डारी, खरेलका श्रीमति तारा खरेल लगायतको उपस्थिति थियो । सो कार्यक्रमको सहजिकरण बरिष्ठ अभिकर्ता अर्जुन राईले गर्नुभएको थियो ।

५७ वर्षिय खरेल दमक ५ निवासी हुनुहुन्छ । खरेलले २०७७ साल असोज २६ गतेका दिन कम्पनीमा १० वर्ष अवधिका लागि रु ५० लाखको जीवन बीमा गर्नुभएको थियो । खरेलकका श्रीमती, दुई छोरा र एक छोरी छन् । दुबै छोरा डाक्टर र एक छोरी अमेरिकामा कार्यरत छन् ।

खरेलले कम्पनीमा अमृत वर्षा बीमा गर्नुभएको थियो । खरेलले पहिलो किस्ता वापत रु ७ लाख २२ हजार नौ सय भुत्तानी गुर्नभएको थियो । केही समय अघि खरेलले काठमाण्डौंमा क्यानसरको सफल शल्यक्रिया गराइसक्नुभएको छ । वहाँ, हाल विर्तामोडस्थित क्यानर अस्पतालमा उपचारत हुनुहुनछ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...