सुकुम्बासीले लालपुर्जा नपाए सम्म सुखको स्वास फेर्दिन |

राजनीति

सुकुम्बासीले लालपुर्जा नपाए सम्म सुखको स्वास फेर्दिन |

डिसेम्बर २ पोखरा :-कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका साझा उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले कस्केली सुकुम्बासीहरुलाई चुनावको बेला प्रलोभन देखाउनेहरुबाट सचेत रहन आग्रह गरेका छन् ।

पोखराको पुरानो बसपार्कमा आयोजित चुनावी कोण सभामा बोल्दै उनले बिगतमा भुमी खोस्न खोज्ने सामन्तीहरु अहिले चिप्ला÷मीठा कुरा गरेर भोट माग्न आउने भएकाले उनीहरुप्रति सचेत रहन आग्रह गरेका हुन् । सुकुम्बासीको बास्तविक रुपमा हक, अधिकार दिलाउने बामपन्थीले मात्र सक्ने भएकाले उक्त हक अधिकार स्थापित गर्न बाम गठबन्धनलाई बिजयी गराउनको लागी सूर्य र हँसिया हथौडामा भोट हाल्न आग्रह गरे । ‘करण’ले पोखरा बसपार्क अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप बनाउनुपर्ने बताउँदै त्यसको नेतृत्व आफूले गर्ने बाचा गरे । सुकुम्बासीलाई लालपूर्जा नदिएसम्म आफूले सुखको श्वास नफेर्ने बताए । स्रोत :-पिस्पोखरा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...