नेपाली कांग्रेसको विवाद चुलिंदै ,केन्द्रिय तहका नेताहरु सार्बजनिक अभिब्र्यक्ति दिंदै |

राजनीति

नेपाली कांग्रेसको विवाद चुलिंदै ,केन्द्रिय तहका नेताहरु सार्बजनिक अभिब्र्यक्ति दिंदै |

डिसेम्बर २२ काठमाडौँ :- नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन् ।विराटनगरको कोइराला निवासमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे ।

अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उनले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने विषयमा जोड दिए ।पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आफू निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने बताए । पत्रकारको जिज्ञासामा उनले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पारे ।यस्तै गरि युवा नेता गगन थापाले पनि केन्द्रिय तहका पहिलो लेयारका नेताहरुले सम्मान जनक हिसाबले पदबाट हट्नु पर्ने अभिव्यक्ति दिएको थियो |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...