शिक्षा र स्वास्थमा पनि सिन्डिकेट हटाउने गृह मन्त्रीको प्रतिबद्दता |

राजनीति

शिक्षा र स्वास्थमा पनि  सिन्डिकेट हटाउने गृह मन्त्रीको प्रतिबद्दता |
मे २७ काठमाडौँ :- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब चाँडौं शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका सिन्डिकेट अन्त्य हुने बताएका छन ।सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार विद्यार्थी संगठनका प्रतिनिधिसँगको भेटघाटमा गृहमन्त्री थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच पुर्‍याउन तथा यससँग सम्बन्धीत व्यवसायमा संलग्न माफियालाई कारबाही गरी एकाधिकारको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे । यसअघि सरकारले यातायात क्षेत्रको एकाधिकार अन्त्य गरी कम्पनीमा दर्ता गर्नुपर्ने नियम कार्यान्वयन गरेको थियो ।पुनःगठित अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी नेतृत्वको प्रतिनिधिमण्डलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन माग गर्दै ध्यानाकर्षण गराएपछि मन्त्री थापाले उक्त प्रतिबद्धता व्यक्त गरे । वहाले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य पछि अन्य सबै क्षेत्रमा रहेको सिन्डिकेट हटाउने प्रतिबद्द रहेको बताए |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...