श्रीलंकाको संसदमा कुटाकुट, खुर्सानीको धुलो फ्याँके |

विदेश

श्रीलंकाको संसदमा कुटाकुट, खुर्सानीको धुलो फ्याँके |
मंसीर १ कोलम्बो:- श्रीलंकाको संसदमा शुक्रबार सांसदहरूले अर्कातिर खुर्सानीको धुलो र फर्निचर फ्याँकेका छन् । राष्ट्रपति सिरिसेनाले संसद्को अधिवेशन डाकेपछि बिहिबार संसदभित्र कुटाकुट भएपछि संसद स्थगित भएको थियो । संसद सदस्यहरू हिंसामा उत्रिएपछि सभामुख कारु जयसूर्याले प्रहरी बोलाएका थिए । हाल संसद सोमवारसम्मका लागि पुनः स्थगित भएको छ । बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रपति पदका लागि आफूसँग पराजित भएका महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा असहज राजनैतिक गतिरोध सिर्जना भएको छ । लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले संसदमा शक्ति परीक्षण गराउन सहमति दिएपछि भएको विश्वासको मत लिने निर्वाचनमा राजापाक्षेको परजय भएको त्थियो । बिहिबार त्यसै प्रक्रियालाई दोहोर्याउने प्रयास हुँदा हिँसा भड्किएको थियो । आज त्यसै विश्वासको मत प्रक्रियालाई दोहोर्याइने योजना रहेको थियो । खास गरि संसदमा महिन्दा राजापाक्षेको पराजयबारे बोल्दै सभामुख जयासूर्याले देशमा कुनै पनि प्रधानमन्त्री या सर्कार्नारहेको अभिव्यक्ति दिएपछि उक्त बितण्डा सुरु भएको थियो । अधिकारीहरूकानुसार राजापाक्षे पक्षीय सांसदहरू सभामुखको आसनमा बसेको र उनीहरूले सभामुखको राजीनामाको माग समेत गरेका थिए । कोलम्बो गजेटले राजापाक्षे पक्षीय सांसदहरूलाई विपक्षी सांसद र प्रहरीलाई लक्षित गर्दै खुर्सानीको धुलो फ्याँकिरहेको देखिएको थियो । सम्बन्धित् समाचार यस्तो छ राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यको वास्तविक कथा Powered by Inline Related Posts लगभग ४५ मिनेटको हङ्गामा पछि प्रहरीलाई बोलाएको बताइएको छ । यसैबीच एक जना सांसद सभामुखको कुर्सीमा बसेको र अरू सांसदहरूले उनलाई घेरा हालेका थिए । उक्त घटनामा भएको ठेलमठेलमा एक जना वरिष्ठ राजनेता जैमिनी जयविक्रम परेरा घाइते भएका छन् । राष्ट्रपति सिरिसेनाले कुनै पनि हालतमा संसद्को कारवाही नरोकिने भन्दै ट्वीट गरेका छन् । न्युज एजेन्सी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...