नेपाली कांग्रेसको महासमिति बैठकमा नेताहरु बीच झगडा हात हालाहाल बैठक स्थगित |

राजनीति

नेपाली कांग्रेसको महासमिति बैठकमा नेताहरु बीच झगडा हात हालाहाल बैठक स्थगित |
पुस ३ काठमाडौँ:-काठमाडौँमा शनिबारबाट जारी काँग्रेस महासमिति बैठकमा नेताहरुबीचमा झगडा र हात हालाहालको स्थिति सृजना भएको छ । काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि हात हालाहालको स्थिति सृजना भएको हो । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै आएका थिए । [caption id="attachment_9601" align="alignnone" width="1024"] sfFu|]; s]Gb|Lo sfo{ ;ldltsf] a}7s
g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf z'qmaf/ z'? ePsf] s]Gb|Lo sfo{ ;ldltsf] a}7sdf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, dxfdGqL 8f zzf+s sf]O/fnfnufot kbflwsf/L tyf s]Gb|Lo ;b:ox? . t:jL/ M /f]zg ;fksf]6f, /f;;[/caption] सभापति केसीले भनेः ‘म बोल्दै थिएँ । एकाएक डा.महत आएर मेरो माइक खोस्न थाल्नुभयो । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ ।’ उनले थपेः ‘विधान नआएसम्म बैठक अघि बढ्दैन भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको छ ।’ सहमहामन्त्री महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्ष लिएका छन् । हात हालाहालकै स्थिति आएपछि अहिले बैठक स्थगित गरिएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो तर, नेताहरुबीचको झगडा र असमझदारीले बैठक लम्विदै गएको छ । i

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...