-भरतपुर नपाका मेयर रेणु लगायत सम्पूर्ण जनप्रतिनिधिलाई राजिनामा दिन बिप्लव माओबादीको पत्र |

राजनीति

-भरतपुर नपाका मेयर रेणु लगायत सम्पूर्ण जनप्रतिनिधिलाई राजिनामा दिन बिप्लव माओबादीको पत्र |

मार्च १७ चितवन :- नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको जिल्ला जनपरिषद चितवनले भरतपुर महानगर पालिकाका प्रमुख रेणु दाहालसहित सबै जनप्रतिनिधिलाई राजीनामा दिनको लागि पत्राचार गरेकोछ ।जिल्ला जनपरिषद् प्रमुख नवराज पौडेलद्वारा हस्ताक्षर गरिएको पत्र शुक्रबार चितवनका सबै स्थानीय तहका जनप्रतिनिधिकहाँ पठाइएको नेकपाले जनाएको छ ।

renuka

खर्चिलो चुनाव प्रणाली र सत्तारुढ दल विदेशी शक्तिको गोटी बनेको आरोप लगाउदै यस्तो सरकार र जनप्रतिनिधिले जनजीवीका सवालमा काम गर्न नसक्ने दावी गर्दै राजीनामा दिएर जनपरिषद्लाई सहयोग गर्न पनि पत्रमा भनिएको छ ।महानगर प्रमुख रेणु दाहालले शुक्रबार मात्रै प्रदेश नम्बर ३ को उत्कृष्ट मेयरको पुरस्कार पाएकी छन् । जनपरिषदले दाहालको राजीनामा मागेपछि भरतपुरबासी अचम्भित भएका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...