एमाले माओबादी एकता, निर्बाचन कार्यालयमा नया पार्टी दर्ता |

राजनीति

एमाले माओबादी एकता, निर्बाचन कार्यालयमा नया पार्टी दर्ता |
मे १७ काठमाडाै:- काठमाडौं, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी बिहीबार पार्टी एकता भएको छ । उनीहरुले गएको असोज १७ गते पार्टी एकता गर्ने घोषणा गरेका थिए । बालुवाटारमा बसेको माओवादी र एमालेको संयुक्त बैठकमा केपी शर्मा ओली र प्रचण्डले दुबै पार्टी विघटन भई नेपाल कम्युनिष्ट पार्टी बनेको घोषणा गरेका थिए । बिहीबार विहान बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गरे लगत्तै त्यो निर्णयलाई दुवै पार्टीले अनुमोदन गरेका हुन् । योसँगै नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । आजै नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि नेता सुवास नेम्वाङ र देव गुरुङ निर्वाचन आयोगमा जाने तयारी छ ।

के के भयो सहमति ?

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व गर्ने। दुई अध्यक्षात्मक प्रणाली अपनाइने। दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली नौ सदस्यीय सचिवालय रहने। सचिवालयमा दुई अध्यक्षसहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्। त्यसबाहेक नारायणकाजी श्रेष्ठ (प्रवक्ता), ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल(महासचिव) सचिवालयमा रहनेछन्। पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ। पार्टीको महासचिव पौडेल हुनेछन्। सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने। मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने। एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...