काठमाडौँ क्षेत्र नम्बर ७ बाट बामदेवलाई उठाउने निर्णय नभएको तर संभावना वहाकै रहेको प्रचण्डको भनाइ |

राजनीति

असोज २४ काठमाडौँ :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन् ।सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा उठाउने चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डले सो सम्बन्धमा पार्टीभित्र निर्णय भइनसकेको र हावाको भरमा प्रचार बाजीका कुराहरु नसुन्न आग्रह गरे |   अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। बुधबार दसैंको अवसर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको सरकारलाई पाँच वर्षसम्म शासन गर्न कुनै व्यवधान नरहेको दावीसमेत गरे ।उनले पार्टी र सरकारको कामलाई समिक्षा गर्दै अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...