तमु समाज साइप्रसद्वारा मृगौला पीडित मेतर गुरुङलाई उपचारार्थ आर्थिक सहयोग

समाज    स्वास्थ्य

तमु समाज साइप्रसद्वारा मृगौला पीडित मेतर गुरुङलाई उपचारार्थ आर्थिक सहयोग
१२ भदौ, साईप्रस । तमु समाज साईप्रसले लमजुङ बेशिशहर युल्सा हयोद गुम्बाका दुबै मृगौला फेल भएका मेतर गुरुङलाई उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ । हाल ललितपुर धापाखेल स्थित सुमेरु अस्पतालमा उपचार गराईरहेका गुरुङलाई करिब २९ हजार रुपैयाँ  रकम उपलब्ध गराईएको हो । मृगौला पीडित गुरुङका लागि तमु समाज साईप्रसका अध्यक्ष धना गुरुङको नेतृत्वदायी पहलमा यो आर्थिक रकम संकलन गरिएको थियो । "यो रकम धेरै ठूलो रकम त होईन, तर मृगौला पीडितको उपचारमा केही सहजता ल्याउन सकिन्छ कि भनेर हामीले साईप्रसमा रहेका नेपाली दिदीबहिनीहरुबाट यो सहयोग रकम जुटाएका हौँ" अध्यक्ष धना गुरुङले फिस्टेल न्युजसँग भनिन् "भविष्यमा तमू समुदायको मात्र नभई जुनसुकै भाषा, क्षेत्र, भुगोल र समुदायका विपन्न नेपालीहरुलाई दुर्भाग्यवश यस्तै अवस्था आईपरेमा तमू समाज साईप्रस फेरि पनि सहयोग गर्न तयार छौँ ।" मृगौला पिडितको अत्यन्तै नाजुक अवस्था देखेर हाल साईप्रसमा रहेका कृष्ण गुरुङ ,प्रीया गुरुङ, सिम्रन गुरुङ , उमा गुरुङ , सुनिता , आशा , लक्ष्मिता गुरुङ , अप्सरा गुरुङ , रिना गुरुङ लगाएतले आर्थिक सहयोग अभियानमा सहयोग उपलब्ध गराएका अध्यक्ष गुरुङले जानकारी गराईन् । अध्यक्ष गुरुङले सबै सहयोगी हातहरुलाई धन्यबाद तथा आभार व्यक्त गरेकी छिन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...