विवादास्पद अभिव्यक्ति दिएका कानुन ,न्याय तथा संसदीय व्यवस्था मन्त्रि तामाङ्गले माफी मागे |

राजनीति

विवादास्पद अभिव्यक्ति दिएका कानुन ,न्याय तथा संसदीय व्यवस्था मन्त्रि तामाङ्गले माफी मागे |
जुलाई २२ काठमाडौँ:– बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफ्नो अस्मिता बेच्ने गरेको विवादास्पद अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले माफी मागेका छन् । चिकित्सा शिक्षा ऐन विधयेक संशोधनको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीलाई लक्षित गर्दै उनले सो अनसन बस्नुको कुनै अर्थ नरहेको बताएका थिए । उनले नेपाली छोरी–चेलीहरुलाई पढ्न पठाए पनि आफुलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति नभएको बताएका थिए । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...