नया शक्तिमा १ जना संयोजक मात्र बाँकि बाबुराम अन्योलमा ।

राजनीति

नया शक्तिमा १ जना संयोजक मात्र बाँकि बाबुराम अन्योलमा ।

नोवेम्बर १५ गोरखा:- नयाँ शक्ति नेपालमा अव एक जना संयोजक मात्रै बाँकी रहेको तथ्य बाहिर आएको छ ।नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यहरु र कलाकारहरु सबै एमालेमा प्रवेश गरेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताए ।बुधबार पालुंटारमा आयोजित सभामा नयाँ शक्तिका विदेश विभाग प्रमुख एवं नयाँ शक्तिको शिक्षक संगठनका प्रमुख इन्द्रराज भट्टराई माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

भट्टराईका आफ्नै सहगोत्री र नयाँ शक्तिका सूरुदेखिका योजनाकार समेत रहेका इन्द्रराज माओवादी केन्द्र प्रवेश गरेसँगै बाबुराम भट्टाराईसँग उनकी श्रीमति हिसीला बाँकी रहेको उनले बताए ।आज गोरखाका विभिन्न ४ स्थानमा भएका कार्यक्रम पछि बाबुराम अतालिएको नयाँ शक्तिका एक नेताले जानकारी दिएका छन् । तत्कालै पालुंटार, भच्चेक, घ्याम्पेसाल लगायतका स्थानमा काँग्रेससँग मिलेर चुनावी सभा गर्ने छलफल भईरहको उनले जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...