नेपाली संघीय समाज इजरायलको तेस्रो अधिबेशन केन्द्रिय उपाध्यक्ष युवाराज कार्कीको उपस्थितीमा तेल अभीवमा हुने |

राजनीति    विदेश

नेपाली संघीय समाज इजरायलको तेस्रो अधिबेशन केन्द्रिय उपाध्यक्ष युवाराज  कार्कीको उपस्थितीमा तेल अभीवमा हुने |
भदौं १३ इजरायल :-नेपाली रास्ट्रीय दल संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रवास पार्टी संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिवेशन तथा बृहत अन्तरक्रियात्मक कार्यक्रम अक्टुबरको १९,२०१८ शुक्रबार तेल अभिबमा भब्य रुपले मनाउने भएको छ |नेफेसो इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ ज्युको अध्यक्षतामा गत मिति २७ अगस्ट सोमबार बसेको संगठनको २४ औं नियमित बैठक द्वारा सो निर्णय गरिएको प्रवक्ता समिर लामा ह्योल्मोले जानकारी दिनु भएको छ |सो कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा खसक्षेत्रि एकता समाजका संस्थापक अध्यक्ष संघीय प्रेमी तथा पहिचानवादी कर्मठ नेता श्री युवराज कार्कीको उपस्थिति रहने पनि वहाले बताउनु भएको छ | कार्यक्रममा बिभिन्न पहिचान मुलक सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको साथमा बडादशैको शुभकामना आदन प्रदान तथा जलपानको व्यवस्था गरिनेछ | उक्त ऐतिहासिक कार्यक्रममा आदरणीय इजरायलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरु,पार्टी संगठनका सक्रिय सदस्य,साधारण सदस्य एवं शुभचिन्तक र समर्थक महानुभावहरु, विभिन्न राजनीतिक संगठन,सामाजिक तथा धार्मिक संघ,संस्थाहरु गरिमामय विशेष उपस्तिथिका लागी नेपाली संघीय समाज (नेफेसो) इजरायलले अनुरोध गरेको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...