‘युद्धमा मारिएका सैनिक हरुवा र बुद्धु हुन्’- ट्रम्प

राजनीति    विदेश

‘युद्धमा मारिएका सैनिक हरुवा र बुद्धु हुन्’- ट्रम्प
२१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए । समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका छन् । प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्ट गरेको छ, जसमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छ । एक जनाले ट्रम्पलाई भनेका छन्, ‘तपाईंलाई के थाहा बलिदान के हुन्छ भन्ने कुरा ?’ यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गर्दै आएका छन् । तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्रपतिमा दोहोरिन समस्या हुने बताएका छन् । द एटलान्टिस पत्रिकाका अनुसार सन् २०१८ मा पेरिसस्थित अमेरिकी सैनिकको स्मारक स्थलमा जाने ट्रम्पको कार्यक्रम थियो तर उनले ‘हारेका मान्छेले भरिएको ठाउँ’ भन्दै उक्त कार्यक्रम रद्द गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...