नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अदिबेसन भब्य रुपले मनाउने तयारी |

राजनीति    विदेश

नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अदिबेसन  भब्य रुपले मनाउने तयारी |
असोज ११ पोखरा :- सङ्घीय समाजवादी फोरम,नेपालको प्रवास पार्टी संगठन “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अदिबेसन  भब्य रुपले मनाउने भएको छ | “संविधान संशोधन,पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवंम् उत्पीडित समुदायहरु एक जुट हौँ” भन्ने मुख्य सन्देश बोकेर एक औपचारिक कार्यक्रमका साथ भव्यरुपमा तेल अभिव मनाउन गैरहेकोले उक्त ऐतिहासिक कार्यक्रमका प्रमुख वक्ताका रुपमा खसक्षेत्रि समाजका संस्थापक अध्यक्ष एवं सङघीयवादी र पहिचान प्रेमी ससफो,नेपाल पार्टीका केन्द्रिय उपाध्यक्ष श्री युवराज कार्की ज्युलाई नेपालबाट आमन्त्रित गरिएको जानकारी महासचिव पासाङनुर्बु शेर्पाले दिनु भएको छ | सो कार्यक्रममा उपस्थित हुनको लागि सम्पूर्ण पहिचान, सङघीयता,धर्मनिरपेक्ष र गणतन्त्र प्रेमी आम इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा इजरायलमा स्थापित विभिन्न राजनीतिक पार्टी संगठनका महानुभावहरु,सामाजिक एवं धार्मिक संघ/संस्थाका महानुभावहरु,नेपाली साहित्यिक क्षेत्रका साहित्य प्रेमी महानुभावहरु,नेपाली सांगीतिक क्षेत्रका कलाकार बन्धुहरु,खेल प्रेमी यूवासाथी मित्रहरु, र अनलाईन संचारकर्मी बन्धुहरु मा सङघीय समाजवादी फोरम नेपालका प्रवास संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलद्वारा हार्दिक निमन्त्रणा गरिएको छ | उक्त ऐतिहासिक कार्यक्रममा पहिचानी सांगीतिक कार्यक्रम,बडादशैंको शुभकामना आदान-प्रदान/जलपानको व्यवस्था साथै विभिन्न विधामा प्रवास भुमि इजरायलबाट हाम्रो देश नेपाल प्रति पुर्याउनु भएको प्रसंशनीय उच्च कार्यहरुको कदर गर्दै,विभिन्न महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रम रहेकोको पनि वहाले जानकारी गराउनु भएको छ |

उदघाटन मिती :-१९ अक्टुवर २०१८ शुक्रबार कार्यक्रम स्थान:-यसुद हमहला ४० तेल अभीव कार्यक्रम समय:-६:०० बजे


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...