पोखरामा नेकपाको चुनावी सभाको नजिक बम बिस्फोट ।

अन्य

पोखरामा नेकपाको चुनावी सभाको नजिक बम बिस्फोट ।
नोभेम्बर २८ पोखरा :-कास्की-२ को उपचुनावका लागि नयाँबजारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको चुनावसभा भइरहेको बेला बम विस्फोट भएको छ । नयाँबजारकाे प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।विस्फोटबाट कुनै क्षति भने भएको छैन।घटनाको अनुसन्धान , बम विस्फाेटमा संलग्नकाे खाेजी भइरहेकाे प्रहरीले बताएकाे छ । यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फाेट गराएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...