कुवेतबाट १० बर्ष अलपत्र परेका एक नेपालीको उद्दार ।

अन्य

अक्टुबर ५ काठमाडौँ :-बैदेशीक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ ।कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किनुभएको हो ।

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुषाललाई घर फर्काइएको हो । दश वर्ष बितिसक्दा पनि भुसाल घर नफर्केपछि अलपत्र परेको हुनसक्ने आशंका परिवारले गरेपछि समाजले भुसालको उद्धार गरेको हो ।

रासस


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...