कतारमा कोभिड-१९ संक्रमणबाट एक नेपालीको मृत्यु ,संक्रमितको तथ्यांक राजदुताबाससंग छैन।

अन्य

कतारमा कोभिड-१९ संक्रमणबाट एक नेपालीको मृत्यु ,संक्रमितको तथ्यांक  राजदुताबाससंग छैन।
मे २२ दोहा :-कतारमा कोरोना सङ्क्रमित एक नेपालीको मृत्यु भएको छ । धनुषाका एक युवकको कोरोनाको कारण ज्यान गएको र अरु सङ्क्रमितको कतार सरकारले नै उपचार गरिरहेको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताउनुभयो । कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक भन्ने कुरा आए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ भनेर दूतावासलाई जानकारी छैन।सङ्क्रमित भएका झण्डै ६० जनाले दूतावासमा सम्पर्क गरेर आफ्नो बारेमा जानकारी गराएको र उनीहरुको स्वास्थ्य अवस्था लागायत अस्पतालले दिएका सेवा सुविधाबारे दिनहुँ फोनमार्फत जानकारी लिने काम भैरहेको राजदूत भारद्वाजले बताउनुभयो । गैरआवसीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले भने कतारमा २५ सय नेपालीमा कोरोना सङ्क्रमण जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...