डोल्पामा जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु ,२ जना घाइते |

अन्य

डोल्पामा जीप भेरी  नदीमा खस्दा १० जनाको मृत्यु ,२ जना घाइते |
कार्तिक १९ डोल्पा:-डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गरे । घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको विष्टले बताए । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...