प्रदेश नम्बर ५ लाई ध्वनी प्रदुषण मुक्त क्षेत्र ”नो हर्न ”लागु गरिने |

अन्य

कार्तिक ३० बुटवल:-प्रदेश नम्बर ५ लाई ध्वनी प्रदुषणमुक्त बनाउन ‘नो हर्न’ लागू गरिने भएको छ । ट्राफिक प्रहरीले स्थानीय निकायसँग मिलेर ‘नो हर्न’ अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि भोलि मंसिर १ गतेदेखि बुटबललाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ । सवारी चाप बढेसँगै प्रदेशका मुख्य शहर र चोकमा ध्वनी प्रदुषण बढेसँगै प्रहरीले यस्तो अभियान चलाउन लगेको हो ।अभियानअन्तर्गत मङिंसर १ गतेदेखि बुटवलको तल्लो सिद्धबाबादेखि योगीकुटी, बेलबासदेखि धागो कारखानासम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको प्रहरीले जनाएको छ । पहिलो चरणमा नमूनाका रुपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो। बुटवलपछि नेपालगञ्ज र घोराहीलाइ पनि हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी प्रहरीको छ । मंसिरको पहिलो साताभर प्रचारप्रसार तथा जनचेतनामूलक अभियान चलाउने र दोस्रो हप्तापछि नियम पालना नगर्नेलाइ कारवाही गरिनेछ ट्राफिक प्रहरीले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...