नेपाली रेस्टुरेन्ट ग्राहकहरुले १० प्रतिशत सेवा शुल्का तिर्न नपर्ने |

अन्य

नेपाली रेस्टुरेन्ट ग्राहकहरुले १० प्रतिशत सेवा शुल्का तिर्न नपर्ने |
माघ १५ काठमाडौँ :-रेष्टुरेन्टका नेपाली उपभोक्ताहरुले १० प्रतिशत सेवा शूल्क तिर्न नपर्ने भएको छ ।रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल–रेबानको काठमाण्डौंमा भएको भेलाले पोखरालगायत काठमाण्डौं र सौराहाका रेष्टुरेन्ट र बारले उक्त सेवा शूल्क नलगाउने निर्णय गरेको हो । रेबानका अनुसार सेवा शूल्कको चौतर्फी विरोध भएपछि हटाइएको हो । यद्यपि, शूल्क हटाइएपनि ग्राहकको सेवा झनै स्तरीय बनाउने रेबानको दाबी छ ।रेबानद्वारा जारी विज्ञप्तीमा पोखरा अध्यक्ष भिमसेन भुजेल, सौराहा अध्यक्ष गोकर्ण गिरी र काठमाण्डौं अध्यक्ष प्रमोदकुमार जैसवालले हस्ताक्षर गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...