मुख्य सुन तस्कर गोरे पक्राउ |

अन्य

मुख्य सुन तस्कर गोरे पक्राउ |
मे २२ काठमाडौं :- त्रिभुवन विमानस्थलबाट  हराएको ३३ किलो सुनकाण्डका प्रमुख भनिएका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।उनलाई विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएका प्रहरीको आरोप छ ।गृह मन्त्रालयको विशेष छानबिन समितिले उनलाई पक्राउ गरेको हो। समितिका एसएसपी बसन्त लामाले उनलाई पक्राउ गरिएको पुष्टि गरे। आजै गोरेलाई सार्वजनिक गरिने एसएसपी लामाले बताए।विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए। शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्। गोरे पक्राउ परेसँगै यो मुद्दाले नयाँ मोड लिएको छ। गोरेले प्रहरी अधिकारीहरुलाई पैसा दिएको डायरी मात्र भेटिएको थियो। अबको उनको बयानबाट धेरै कुराहरु प्रष्ट हुने छानबिन समितिका एक अधिकारी बताउँछन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...