तमु प्ये ल्हु संघ युएईले तमु ल्होसारको अवसरमा खुल्ला पुरुष भलिबल कप – २०१९ आयोजना गर्दै ।

अन्य

तमु प्ये ल्हु संघ युएईले तमु ल्होसारको अवसरमा  खुल्ला पुरुष भलिबल कप – २०१९ आयोजना गर्दै ।
अक्टुबर २७ मनु कोंमे दुबाई:-" खेल खेलौ निरोगी बनौं स्वास्थ्य को लागि खेलकुद " भन्ने मुल नाराका साथ तमु प्ये ल्हु संघ युएईले २०१९ नोभेम्बर २९ तारिख र २०१९ डिसेम्बर ०२ तारीख युएईको राष्ट्रिय दिवसको दिन तमु च्यु (मुसा वर्ग) ल्होसार खुल्ला पुरुष भलिबल कप - २०१९ आयोजना गर्ने भएको छ।नेपालको राष्ट्रिय खेल भलिबल तमु प्ये ल्हु संघ युएईले गुरुङहरुको महान पर्व च्यु ल्होसार (मुसा बर्ग) को अवसर पारेर युएई स्थित दुबईको अल्कोज बोल्दिया (नगरपालिका) भलिबल मैदानमा २०१९ नोभेम्बर २९ तारिख र डिसेम्बर ०२ तारिख भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रवास युएईमा रहेर पनि खेलकुदमा सहभागी हुन चाहाने खेल प्रेमी तथा संघ संस्थाहरुलाई आ-आफ्नो टिम सहित मिति २०१९ नोभेम्बर २९ तारिख र डिसेम्बर २ तारिख दुबईको अल्कोज भलिबल खेल मैदानमा बिहान ०८:०० बजे उपस्थित भइ खेलको शोभा बढाउनको लागि तमु प्ये ल्हु संघ युएईले विनम्र अनुरोध समेत गरेको छ। उक्त खुल्ला भलिबल प्रतियोगितामा सहभागिता जनाउनको लागी टिम दर्ता २०१९ नोभेम्बर २९ तारिख दिनको ५ बजे सम्म गराइ सक्नु पर्ने भएको छ भने सोही दिन बेलुका खेलको टाइसिट समेत प्रकाशित गरिने आयोजक तमु प्ये ल्हु संघ युएईले जनाएको छ। खुल्ला भलिबल प्रतियोगितामा सहभागिता जनाउने टिमहरुले आयोजकले राखिएका खेलका नियमहरु पालना अनिवार्य गर्नु पर्ने भएको छ।

नियमहरु :-

(१) एक टिममा ९ जना खेलाडी अनिवार्य हुनुपर्नेछ । (२) खेल fivb को नियम अनुसार खेलाइने छ । ( ३) टिममा एक जान मात्र बिदेशी खेलाडीलाई समाबेश गर्न पाइने छ। (एक टिममा १ जना मात्र)। (४) खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ । प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमको लागि टिम दर्ता शुल्क ३५०/- राखेको छ भने पुरस्कारहरु प्रथम पुरस्कार ३,०००/- (तीन हजार दिराम) दिरामको साथमा प्रमाणपत्र ,मेडल र शिल्ड ,द्धितिय पुरस्कार २,०००/- (दुई हजार दिराम) दिरामको साथमा प्रमाणपत्र ,मेडल र शिल्ड रहेको छ भने बेस्ट ब्लोकर, बेस्ट स्पाइकर, बेस्ट सेटर ,बेस्ट सर्भर, बेस्ट लिब्रो एक जना उत्कृष्ट खेलाडीको लागि पनि पुरस्कारको व्यवस्था समेत गरेको रहेको तमु प्ये ल्हु संघ युएईका महासचिव सशिला भुच्चा तमुस्योले जानकारी गराएकी छिन ।

प्रतियोगितामा सहभागिता जनाउनको लागि सम्पर्क :-

सन्तोष गुरुङ - ०५२२७५९८६२, बल बहादुर गुरुङ - ०५५९६६४४८४, श्याम गुरुङ - ०५२९०३५६४०, गम्भीर गुरुङ - ०५६३७९५६२७, देब गुरुङ - ०५६३००१६६९ भिम गुरुङ - ०५५१७३६८९६

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...