काठमाडौँमा पुर्व सेनाद्वारा एक युवती बलात्कृत |

अन्य

काठमाडौँमा पुर्व सेनाद्वारा  एक युवती बलात्कृत |

मार्च २९ काठमाडौँ :-पछिल्लो पटक देशमा महिला हिँसा तथा बलात्कारका घटनाहरु बढदै गइरहेका छन् ।अस्पतालमा आमाको उपचारका लागि पुगेकी एकजना २३ वर्षीय महिला बलात्कारको शिकार बनेकी छिन् । उनलाई पाल्पा घर भएका युवकले नक्कली डाक्टर बनेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्ने २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेको खुल्न आएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

ती महिलालाई अर्जुनले आफ्नो नाम सन्तोष घले बताएर अस्पतालका डाक्टरहरुसँग राम्रो चिनजान भएको र आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर जबरजस्तीकरणी गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा जाहेरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।उनी यसअघि नेपाली सेनाको जवान रहेको खुलेको छ । त्यहाँ पनि उनी जबरजस्तीकरणी मुद्दामा परेर बर्खास्त भएका थिए |पीडितले दिएको जाहेरीमा उल्लेख भए अनुसार अर्जुनले महिलालाई सामाखुशीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न भनेर मित्रनगरस्थित फूलबारी गेष्ट हाउसमा लगेर बलात्कार गरेका हुन् ।

कोइरालाले बयानका क्रममा आफूले जबरजस्ती करणी स्वीकार गरेको  छ। उनलार्इ जिल्ला अदालतबाट ५ दिनलार्इ म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए ।

साभार :-एवेरेस्ट न्युज


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...