छड्के चेकिङ्गमा पुगेका गृह मन्त्रि, प्रहरी जवान संगै मेसमा खान खाए |

अन्य

छड्के चेकिङ्गमा पुगेका गृह मन्त्रि, प्रहरी जवान संगै मेसमा खान खाए |

मार्च २१ काठमाडौँ :- गृहमन्त्री रामबहादुर थापा बुधबार अचानक महानगरीय प्रहरी वृत्तअनामनगरको छड्के जाँच गरेका छन् । गृहमन्त्री थापालाई वृत्तका प्रमुख डीएसपी अपिल बोहोराले बिफ्रिङ गरे । उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए ।

विफ्रिङका क्रममा थापालाई बोहोराले प्रहरीको मेसमा पुर्याए जहाँ २ प्रहरी हवल्दार एक प्रहरी जनाव चन्द्र देवकोटा लगायत खाना खाँदै थिए । गृहमन्त्रीलाई सामुन्नेमा देखपछि उनीहरु हतारहतार उठे । तर, थापाले बसेर खाना खान आग्रह गरे ।त्यसपछि गृहमन्त्रीले डीएसपी बोहोरालाई भने खाना खानु पर्यो । हामीलाई पनि खाना पुग्छ ? गृहमन्त्रीले सोधेपछि उनले पुग्छ भने ।

गृहमन्त्री थापाले प्रहरी जवानसँगै बसेर मेसमा खाना खाए |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...