इन्डोनेसियमा १८८ यात्रु सवार हवाईजहाज दुर्घटना,खोजी कार्यमा हुँदै |

विदेश

इन्डोनेसियमा १८८ यात्रु सवार हवाईजहाज दुर्घटना,खोजी कार्यमा हुँदै |
कार्तिक १२ जकार्ता :-लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्।उडान नं. जेटी-६१० जकार्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको थियो। उडेको केही मिनेटपछि समुद्र माथिबाट कट्न लागेका बेला सो हवाईजहाजसँग सम्पर्क टुटेको थियो।सो हवाईजहाजमा १८८ जना रहेको बताइएको छ। तीमध्ये १७८ वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट तथा पाँच चालकदलका सहयोगी सदस्य रहेको बताइएको छ।विमानमा सवार यात्रुहरूको अवस्थाबारे केही थाहा हुन नसकेको विवरणहरूमा जनाइएको छ।जहाजको खोजी कार्य भैरहेको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...