पर्वतमा सुन लुटेरालाई गाउलेले लखेट्दा भीरबाट खसेर ज्यान गयो |

अन्य

मार्च ३१ पर्वत:-पर्बतको कुश्मामा एक बालिकाको सुन लुट्ने प्रयास गर्दा एक युवकको मृत्यु भएको छ । बालिकालाई ललाईफकाई सुन लुट्ने प्रयास गर्दा स्थानीयवासीले देखेपछि लुट्न आएका ती युवक बालिकालाई छाडेर भाग्दा ति युवाको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो ।

कुश्मा नगरपालिका–४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले लाँदै गरेको देखेपछि अपहरणको आशंका गर्दै हारगुहार गर्दा युवा भाग्न खोज्दा भीरबाट खसेकोे स्थानीयवासीले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी दिलीप घिमिरे बालिका अपहरण भन्दा पनि ती युवक लुटपाटको उद्देश्यले त्यहाँ पुगेको बताए । रातोपाटीसँग कुरा गर्दै घिमिरेले भने, ‘पहिले पनि तीन युवकले दुईजना बालकहरुलाई बिस्कुट चकलेट दिएर गुफा देखाईदेउ भनेर भनेको रहेछ । पछि ती बालिकालाई कानको मुन्द्री लुट्ने हिसाबले गुफातिर लान खोजेको रहेछ ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेर खोज्दा भिरबाट खसेर उसको मृत्यु भएको भेटियो । मृतकको सनाखत हुन सकेको छैन् । उसको साथमा फेला परेको मोवाईल पनि चोरीको रहेको प्रहरीले बताएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...