मंगलबार जडान गरीएको काठमाडौँको ट्राफीक बत्ती एक रातमै बिग्रियो |

अन्य

मंगलबार जडान गरीएको काठमाडौँको  ट्राफीक बत्ती एक रातमै बिग्रियो |

मार्च २८ काठमाडौँ :-२०६३ साल पछि काठमाडौं उपत्यकामा मंगलबार जडान गरेको ट्राफिक बत्ती बिग्रिएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि हिजोदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको थियो। नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा ट्राफिक बत्ती सञ्चालन गरिएको थियो।

तर नारायणगोपाल चोक, नयाँ बानेश्वर र केशरमहलका ट्राफिक लाइट बिग्रिएका हुन्।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले रिमोट थिचेर सुरू गरेको नयाँ बानेश्वर चोक र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले रिमोट थिचेर उद्घाटन गरेको नारायणगोपाल चोकको ट्राफिक लाइट बिग्रिएको हो।

यार्सा टेक्नोलोजी प्रा.लि.ले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिने जनाए पनि एकै दिनमा बिग्रिएको हो।काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नयाँ बानेश्वरको पुनःनिर्माण र नारायणगोपाल चोकको नयाँ निर्माण गरिएको थियो।विसं २०७१ मंसिरमा नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलनको समयमा प्रयोगमा आए पनि उक्त ट्राफिक बत्ती राम्रोसँग सञ्चालनमा हुन सकेको थिएन । २०६३ सालदेखि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा थिएन ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...