मिटरमा हिड्न नमान्ने ट्याक्सी चालकलाई कारबाही तिब्र ,यात्रुहरुलाई १०३ मा कल गर्न आग्रह |

अन्य

मिटरमा हिड्न नमान्ने ट्याक्सी चालकलाई कारबाही तिब्र ,यात्रुहरुलाई १०३ मा कल गर्न आग्रह |
अप्रिल १९ काठमाडौँ :- महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ ।महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताउनुभयो । “पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,” – उहाँले भन्नुभयो । उहाँले ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमेत आग्रह गर्नुभएको छ । मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु ३००० देखि ५००० सम्म जरिवानासमेत गर्ने गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको स्पष्ट पार्नुभयो । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...