बैशाख २८ गते भारतीय प्रधान मन्त्रि सोझै जनकपुर जाने ,सुरक्षा स्थिति बुझ्न गृहमन्त्री जनकपुरमा |

अन्य

बैशाख २८ गते भारतीय प्रधान मन्त्रि सोझै जनकपुर जाने ,सुरक्षा स्थिति बुझ्न गृहमन्त्री जनकपुरमा |
मे १ काठमाडौँ :- वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटनाबाट सोझै जनकपुरधाम आइपुग्ने र त्यहाँबाट अर्को तीर्थस्थल मुक्तिनाथ जाने जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका छन्।वहाका अनुसार मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी ओली जनकपुर आउने सम्भावना रहेको छ। भारतीय प्रधानमन्त्रीको भ्रमणका लागि सुरक्षाव्यवस्था र स्वागतको तयारीबारे बुझ्न उच्चपदस्थ सुरक्षा अधिकारीहरूसहित गृहमन्त्री थापा मङ्गलवार जनकपुर आएका हुन्।सञ्चारकर्मीहरूसित संक्षिप्त कुरा गर्दै मन्त्री थापाले मोदीको यो राजनीतिक नभएर धार्मिक भ्रमण भएको र दुई देशबीच कुनै सम्झौता नहुने बताए।केपी ओली भारत भ्रमण हुँदा यो कार्यक्रम बनेको थियो | थापाका अनुसार हेलिकप्टरबाट मोदी बाह्रबिघा मैदानमा ओर्लिनेछन्।साथमा भारतीय सेनाका तीनवटा विमान पनि आउने बुझिएको छ।"जनकपुरधामको बाह्रबिघामा ओर्लेर उहाँले जानकी मन्दिरमा पूजाआजा गर्नु हुनेछ," मन्त्री थापाले भने।त्यसपछि उनी बाह्रबिघाको मैदानमा गर्न लागिएको नागरिक अभिनन्दनमा सहभागी हुनेछन्।प्रधानमन्त्री मोदी जनकपुरधामबाट हेलिकोप्टरमा मुस्ताङस्थित मुक्तिनाथ जानेछन्। त्यहाँबाट साँझ काठमाण्डू पुग्ने कार्यक्रम रहेको मन्त्री थापाले बताए।स्रोतहरूका अनुसार भ्रमणका बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विशेष तालिमप्राप्त सात हजार सुरक्षाकर्मी परिचालित हुनेछन्।भारतका उच्च सुरक्षा अधिकारी एवम् नेपालस्थित भारतीय राजदूतावास र वाणिज्य दूतावासका अधिकारीहरूले तयारी र सुरक्षाको नियमित निरीक्षण गरिरहेको बताइएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...