सिक्लेसमा हुने ”माघे मेला ”को तयारि पुरा,हजारौको संख्यामा पोखरा वरपरबाट सिक्लेस पुग्ने |

अन्य

सिक्लेसमा हुने ”माघे मेला ”को तयारि पुरा,हजारौको संख्यामा पोखरा वरपरबाट सिक्लेस पुग्ने |

जनवरी १३ पोखरा :-गण्डकी अञ्चल कास्की जिल्ला मादी गाउँपालिका वार्ड नम्बर १ स्थित सिक्लेस गाउँ एक नमुना पर्यटकीय गाउँ मध्ये एक हो |गुरुङ बहुल्याता भएको यो गाउँ गुरुङ समुदायको लागि ऎतिहसिक महत्वको गाउँ पनि हो |समुद्र सतहबाट २००० मिटरको उचाईमा अवस्थित यो रमणीय गाउँ सिक्लेस पोखरा देखि उत्तर पूर्वी दिशामा अन्नपुर्ण हिमालको काखमा अवस्थित छ |गुरुङ (तमु )हरुको बाहुल्यता भएकोले यो गाउँमा गुरुङ मौलिक ,परम्परा सस्कार,सस्कृति ,भेष भुषा अझै जीवित रहेकोछ |आफ्नो ठाउको गाउँमा रहेको यी मौलिकताको सम्रकक्षण, सम्बर्धन,प्रचारप्रसार र पर्यटन प्रबर्धन गरि गाउँ विकास गर्ने यहाका युवा सक्रिय छन् यसै अनुसार क्लबको २३ औ वार्षिक उत्सवको अवसर पारेर प्रत्येक वर्ष झैँ यो वर्ष पनि माघे सक्रान्ति मेला भब्य रुपले मनाउने भएको छ ,यसको सम्पूर्ण तयारि पुरा गरिएको क्लबका सचिव मिलन गुरुंगले जानकारी दिनु भएको छ |

15977998_1304736766255437_1331050011843807799_n

परम्परागत रुपमा मानिदै ,पुजिदै आएको स्थानीय तिर्थस्थलहरु म्हेउदु क्यु ,फैमक्युको प्रचार प्रसार र संरक्षण गर्नु पनि कार्यक्रमको मूल उदेश्य रहेको वहाले जानकारी दिनु भो |मेलामा पौराणिक घाटु नृत्य ,लोपोन्मुख लोकभाका ,स्थानीय कलाकारहरुको प्रस्तुति ,आकर्षक खेलकुद ,दोहोरि साँझ ,मेलाका आकर्षक रहने छन् |साथै परम्परागत खेलकुद ,सास्कृतिक कार्यक्रम लगायत पुरुष भलिबल ,बास्केटबल प्रतियोगिता,महिला भलिबल बास्केटबल ,डोरी तान्ने खेल ,सामुहिक नृत्य ,तथा छेलो हान्ने प्रतियोगिता पनि राखिएको छ |पोखरादेखि करिब ३ घन्टामा पुगिने पर्यटकीय रमणीय गाउँ सिक्लेसमा होम स्टे तथा होटेल लजको बेबस्था छ |माघ १ गते देखि ४ गते सम्म संचालन हुने सो मेलामा प्रदेश सांसद मन बहादुर गुरुंगले गर्नु हुने भएको छ |

16143155_10154257591278017_2999210279752436134_n

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...