जीवनमा अब कमाउनु छ त मलामी,रबि लामिछाने |

अन्य

जीवनमा अब कमाउनु छ त मलामी,रबि लामिछाने |
जनवरी १६ काठमाडौँ :- न्यूज २४ टेलीभिजनबाट प्रसारण हुने कार्यक्रम ' सिधाकुरा जनतासंग''का संचालक रबि लामिछानेले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन् |

'' कहिले काहीं एक्लै बसेर सोच्छु, प्रत्येक कार्यक्रममा हुने चर्काचर्कीले ब्याक्तीगत दुश्मनी त बढाइरहेको छैन? फेरि आफैलाई जावफ दिन्छु, जीवनमा अब कमाउनु छ त केवल मलामी। निराश छैन, उदाश हैन तर जन्मेको माटोमा जानेको काम ईमानदार भएर गर्नै पर्छ ,माटोले माग्दैन आफै दिनु पर्छ रे। यो कर्म, मेरो कर्तब्य हो।''

रविको सो कार्यक्रममा देशमा हुने भ्रस्टाचार ,बेथिति ,अन्याय ,अत्याचारको बिरुद्द खरोरूपमा उजागर गर्ने गर्दछ र प्रत्येक्ष प्रसारणमै सम्बन्धित व्यक्तिहरुसंग ठाडोरुपमै प्रश्न तेर्स्याउने गर्दछ |यो कार्यक्रम शुरु भए देखि अहिले सम्म बैदेशिक रोजगारमा बिदेशिभुमीमा बिचल्ली परेका देखि देश भित्रका कैयों समस्याहरुलाई समाधान गरिदिएको छ |१७२ भाग सम्म आईपुग्दा सम्म अहिले सम्मकै प्रसिद्दि प्राप्त गरेको कार्यक्रममा मध्ये एक पर्छ |तर अचानक रबि लामिछानेको फेसबुक स्टाटसले वहालाई व्यक्तिगत असुराक्षाको अनुभूति भएको प्रस्ट भएको छ |नेपालको अहिलेको बिग्रिंदो परिस्थिति ,भ्रस्टाचारले जरो गाडेको बेलामा रबि जस्ता अरु धेरै पत्रकारको खाँचो भएको बेला रविको यस्तो भनाई बाहिर आउनु दुखद छ |वहालाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउनु राज्यको जिम्मेवारी हो |

24301328_1983872988491530_2952246519456067407_n


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...