सिन्धुपाल्चोक मेलम्चीमा पहिरो पुरिएर ८ जना बेपत्ता ,५ जनाको शव फेला।

अन्य

सिन्धुपाल्चोक मेलम्चीमा पहिरो पुरिएर ८ जना बेपत्ता ,५ जनाको शव फेला।
अगस्ट ३ काठमाडौँ :- सिन्धुपाल्चकको मेलम्चीमा पहिरोमा पुरिएरर वेपत्ता भएका ८ जना मध्ये ५ जनाकाे शव फेला परेकाे छ ।९ जनालाई पहिराेले पुरेकाेमा १ जनाकाे जिवितै उद्दार भएकाे थियाे । वपत्ता मध्ये ५ जनाकाे शव फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । ती मध्ये २ जनाकाे सनाखत समेत भएकाे छ । माथिबाट खसेको पहिरोमा परेर पुरिएका ९ जना मध्ये एकजनाको जीवितै उद्धार गरिएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिएका थिए।उनीहरुसबै प्रदेश सरकारको बजेटमा बन्दै गरेको कवर्डहल निर्माणका लागि खटिएका मजदुर हुन् । राति सुतिरहेका बेला टहरामाथिको ढिस्को खसेर उनीहरु पुरिएका हुन् ।स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...