टुलुटुलु हेर्नु बाहेक विकल्प र निष्कर्ष केही देखिन ।

अन्य

टुलुटुलु हेर्नु बाहेक विकल्प र निष्कर्ष केही देखिन ।
मे १० मनु कोंमे युएई :-शान्तिका अग्र दुत बुद्ध जन्मेका लुम्बिनी नेपाल देशका नागरिक हामी ! बिश्वको सर्वोच्च उच्च शिखर सगरमाथा भएका देशका नागरिक हामी ! गोर्खाली बहादुर भनेर चिनिने देशमा जन्मेका नागरिक हामी ! सीता जन्मेका देशका नागरिक हामी ! पशुपति नाथ नेपालमा छ भनेर चिनिने देशका नागरिक हामी ! हिमाल पहाड तराई को साथै बिश्वको प्राकृतिकका धनी तथा जलासयको देश हो नेपाल भनेर चिनिने देशका नागरिक हामी! बिश्वको भरिका देशहरू संग राम्रो सम्बन्ध भएको बुद्ध र सगरमाथाको देश भनेर चिनिने देश नेपालका नागरिक हामी ! बिश्व सम्पदामा धनी भएको देशको नागरिक हामी ! तर बिडम्बना भारतले सिमाना मिचेर नेपालको आधा भाग भारत बनाइ सक्यो , लिपु लेक बाट मानसरोवर जाने सडक भारतले बनाउने भइसक्यो , चीनको नागरिकले देशको मुख्यालय सिंहदरबार अगाडी सुरक्षा दिने सुरक्षाकर्मी माथी हातपात गरेर सुरक्षाकर्मी प्रहरी घाइते भएका छन । तर सुरक्षकर्मीले टुलुटुलु हेर्नू भन्दा शिवाय अरु केहि गर्न सक्ने अवस्था छैन । यो कति निर्दयी लज्जास्पद पुर्ण अवस्था छ हाम्रो लागि । सुरक्षाकर्मीले हातपात गर्ने माथी जवाफी कार्वाही गर्दा भोलि त्यो सुरक्षाकर्मीको बर्दी फुकाल्नु पर्ने अवस्था छ हाम्रो देश नेपालमा । जवाफी कार्वाही नगरौं सुरक्षाकर्मीको ज्यान नै जाने अवस्था रहेको हिजोको घटनाले साबित गरेको छ। सुरक्षाकर्मी लाई आफ्नो सुरक्षा निति अपनाउन दिनोस नेपाल सरकार तथा राजनीतिक नेता ज्युहरुमा अनुरोध गर्दछु । कुनै पनि काम ढुक्क रुपले गर्न दिनोस । ताकी हस्तक्षेप नगर्नोस। हामी यस्तो भरिपुर्ण देश र बहादुर नाम कमाएका नेपाल देशका नागरिक भएता पनि हामीले देशका भ्रस्टाचार, देश बेचुवा र कुर्सी तानतान गर्ने नेता ज्युहरुको कारणले गर्दा शिर निहुरेर टुलुटुलु हेर्ने ए हिड्नु पर्ने अवस्थामा छौँ । हो यहि कारणले गर्दा सुरक्षाकर्मी माथी हातपात गर्दा पनि सुरक्षाकर्मीले टुलुटुलु हरेर बस्नु परेको अवस्था हो। सुरक्षाकर्मी माथी कसैले हातपात गर्छ भने सुरक्षाकर्मीले आफ्नो आत्मारक्षाको लागी बल प्रयोग र गोलि हन्ना सक्ने अधिकार सुरक्षाकर्मीमा निहित हुन्छ। तर भोलि आफ्नो आत्मासुरक्षा गर्दा पनि नेपालमा स्वार्थी राजनीतिक नेता ज्युहरुको कारण सुरक्षाकर्मीले आफ्नो बर्दी फुकालेर हात धुने अवस्था रहेको बिगतका घटनाहरुले छर्लङ्ग पारी सकेको छ । कति पिडा सहेका होलान ती घाइते सुरक्षाकर्मीले र यो देशका देश प्रती माया भएका नागरिकले के यो स्वार्थीमा लडाइँ गरि रहेको नेता ज्युहरुले बुझेका छ्न त? कदपी छैनन।प्रहरीले कुनै घटनाको छनबिन गर्दा सत्य निस्वार्थ तरिकाले घटना छानबिन गर्ने अवस्था सिर्जना गरि दिनोस। राजनीतिक नेताको कारण घटना लाई सत्यतथ्य लाई बाहिर ल्याउनुको सट्टा दोषी लाई ढाकछोप गरि उन्मुक्ति दिने अहिले नेपाली राजनीतिक नेता ज्युहरुमा मौलाएको छ। यो हामी जनमत दिने जनताको लागी घृणित र लज्जास्पद कार्य हो। म सबै राजनीतिक नेता ज्युहरु लाई नराम्रो भन्दिनँ । म सबै राम्रो नेता ज्युहरु लाई सम्मान गर्दछु । म राम्रो लाई राम्रो भन्छु र नराम्रो लाई नराम्रो भन्छु । त्यो अहिलेको अवस्थामा मैले भन्ना पाउने अधिकार पनि छ। बिश्वका राष्ट्रका नेताहरुले आफ्नो देश बचाउन र आफ्नो देश लाई आर्थिक रुपमा कसरी अगाडी बढाउन सकिन्छ कसरी बिकास लाई बिस्तार गर्न सकिन्छ गराउन र शक्ति प्रदर्शनको लागि लडाइँ युद्ध गर्छन लडछ्न , तर हाम्रो देश नेपालका नेता ज्युहरू देश बचाउन , देश बनाउन होइना , जनताको मर्म भावना कदर गर्न जनताको जनमत बचाउन र जनताले दिएको जनमत लाई राख्न होईन आफ्नो कुर्सी बचाउनको लागी तानातानमा राजनीतिक लडाइँ गर्छन। खाडी र विभिन्न देशमा रोजगारीमा रहेका गरिब युवाहरूले पसिना बगाएर कमाएर नेपाल पठाएका रिमिटेन्स बाट देश चलेको छ। त्यही युवाको पसिना लाई मौका पायो कि भ्रष्टाचार गरि हाल्ने हाम्रो नेता ज्युहरु र कर्मचारीको भुमिका यति नै देख्छु । यदि तपाई देश र जनताको नेता हो भने देश बचाउ जनताको जनमत लाई पनि कदर गर्नोस् । जनताको जनमतको भावना लाई बुझ्ने तर्फ लाग्नोस। अहिले को अवस्थामा पनि राजा बन्ने कोशिश नगर्नोस ताकी जनताले बोल्न पाउने र राजा बन्न खोज्ने लाई हटाउने सक्ने र बोल्न पाउने मौलिक अधिकार छ। तसर्थ,जनताले आफ्नो अधिकार प्राप्त गर्न लाई जहानिय राणाकालीन शासन लाई समाप्त गर्दै राजतन्त्र लाई अन्त्य गर्दै आज यो बहुदलीय प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र ल्याएको हो। फेरि उहीँ राणाकालिन जहानिय शासन र राजतन्त्रको राजा बन्ने कोशिश नगर्नोस। सबैको मुद्धाहरु छलफल गरि निष्कर्षमा पुर्‍याउनेमा लाग्नोस। बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड - १९ कोरोना भाइरसले महामारी कि रहेको यो अवस्थामा पनि जनताको भावना र सुरक्षानितीहरु अपनाउनुको सट्ट कुर्सी तानातानमा नलाग्नु हुन म नेपाल सरकार संग अनुरोध गर्दछु । नेपाली जनताको जनमत लाई कदर गर्नोस। तपाइँ लाई कुर्सीको लडाइँ गर्न ,भ्रष्टाचार गर्न देश लुट्न ,जनताको भावना विपरीत बोल्न, मैं हुं सर्वैसर्व ,मैं हुं राजा भन्न त्यहाँ प्रतिनिधित्व गरेर नेपाली जनताले पठाएको होइनन। काम गर्न पठाइएको हो। कोभिड - १९ कोरोनाका कारण बिदेश खाडी मुलुक लगायत विभिन्न देशमा रोजगारी गुमाएका,भिजिट भिषा र विभिन्न समस्यमा परेका नेपाली नागरिकहरु लाई छिटोभन्दा छिटो नेपाल फर्काउने तर्फ पहल गरि दिनु हुन म नेपाल सरकार संग हार्दिक अनुरोध गर्दछु । मान कोन्मे तमु(सम्बातदाता ) फिष्टेल न्यूज

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...