प्रहरी ईन्काउन्टारमा मारिए इन्डोनेसियमा एक नेपाली |

अन्य

प्रहरी ईन्काउन्टारमा मारिए इन्डोनेसियमा एक नेपाली |

जनवरी १९ काठमाडौँ :-इन्डोनेसियन प्रहरीको ‘इन्काउन्टर’मा परि मृत्यु भएका नेपाली नागरिकको सनाखत भएको छ।मृत्यु हुनेमा धादिङ सेम्जोङका पासपोर्ट नम्बर ‘०८२३६००बाहक ३४ वर्षीय शरण कुमार तामाङ रहेको पुष्टि भएको छ।

इन्डोनेसिया हेर्ने मलेसियास्थित नेपाली दुतावासले प्रहरीसँगको झडपमा उनी मारिएको बताएको छ ।‘हामीले इन्डोनेसियाका हाम्रा अवैतनिक बाणिज्यदुतसँग यस विषयमा बुझ्न भनेका थियौं, उनले धादिङ सेम्जोङ का ३४ वर्षीय शरण कुमार तामाङ रहेको जानकारी हामीलाई दिएका थिए, ‘मलेसियास्थित नेपाली दुतावासका द्धितिय सचिव प्रेमराज गौतमले सेतोपाटीसँग भने।

उनी लागु औषध कारोबारी भएको इन्डोनेसियन प्रहरीले जनाएको छ । तामाङ जाकार्ताको अल्पाइन होटलमा लुकेर बेला उनी पक्राउ परेका थिए। लागु औषध किन्न ग्राहक भनेर गएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

रा स स


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...