प्रधानमन्त्रि निवासमा ५ दलको बैठक हुँदै |

अन्य

प्रधानमन्त्रि निवासमा ५ दलको बैठक हुँदै |

डिसेम्बर २२ काठमाडौँ :- प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख ५ दलको बैठक शुरु भएकाे छ ।बैठकमा ५ वटा राष्ट्रिय पार्टीहरु एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरुसँग सहभागी छन् ।राष्ट्रियसभा सम्बन्धि अध्यादेशको विषयमा देखिएको विवादको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलको सर्वदलिय बैठक बोलाएका हुन् । दलहरुबीचको विवादका कारण राष्ट्रपति बिद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छैनन् ।

राष्ट्रिय सभा गठन पहिलेकी सरकार गठन भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद छ । चुनाव यता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच औपचारीक भेटघाट समेत भएको छैन।बैठक बालुवाटारमा सुरु। सहभागी नेताहरु, प्रम शेरबहादुर देउवा, केपी अाेली, प्रचण्ड, माधव नेपाल, सुवास नेम्वाङ, बिमलेन्द्र निधि, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा “बादल”, उपेन्द्र यादव, महन्त ठाकुर।

साभार :-कान्तिपुर


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...