सल्यानमा बस दुर्घटना ४ जना मृत्यु |

अन्य

सल्यानमा बस दुर्घटना ४ जना मृत्यु |

जनवरी २२ काठमाडौँ :-बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् ।रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना५ख ५३१ नंको बस आज त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका– ६ की पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका– ११ की छन्चरी विक रहेका छन् ।अन्य दुईजना पुरुषको सनाखत हुन सकेको छैन ।बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि दाङ र नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...