पोखराका सुनचांदी पसलेहरु मिसावट गरि बिक्रि गर्नेहरु पक्राउ |

अन्य

पोखराका सुनचांदी पसलेहरु मिसावट गरि बिक्रि गर्नेहरु पक्राउ |

फेब्रअरी १० पोखरा :- पोखरामा केही सुनचाँदी पसलहरुले गहनामा मिसावट गरेर विक्री गर्दै आएको खुलासा भएको छ ।आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाण्डौले पोखरा लेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका गरगहनामा मिसाबट गरी बिक्रि वितरण गरेको पाइएको हो ।

गरगहनामा मिसावटअभियोगमा पक्राउ पर्नेहरुमा दि युनाईडेट ज्वेलर्स प्रालिका संचालक महेन्द्रमान गुभाजु, गोर्खा वराह एण्ड ज्वेलर्सका हरिकुमार धमला, सिर्जनाचोकमा रहको अर्जुन पुम्दीभुम्दी सुनचाँदी पसलका अर्जुनवहादुर विक, सिर्जनाचोकको सन्तोष सुनचाँदी पसलका सन्तोष विक र रामवजारमा रहेको दलवहादुर एण्ड सुनचाँदी पसलका महेश सुनार छन् ।

उनीहरुलाई कालो बजारी तथा सार्बजनिक अपराध सजाय ऐन २०३२ बमोजिमे म्याद थप गरी कानुन बमोजिमको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...