आठ बर्षीय बालिकाको बलात्कार पछि हत्या |

अन्य

आठ बर्षीय बालिकाको बलात्कार पछि हत्या |

जनवरी २६ काठमाडौँ :-खोटाङको पाथेकामा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको हो । बुधबार दिउँसो हराएकी बालिकालाई आफ्नै काकाका १६ वर्षीय छोराले बलात्कारपछि हत्या गरेर स्थानीय चिम्चिमा खोला नजिकको अलैंचीघारीको ढुङ्गाको चेपमा पत्करले छोपेर राखेको अवस्थामा फेला परेको हो ।

बालिकाको शव बुधबार राति ११ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाका अनुसार हत्यामा संलग्नलाई बिहीबार पक्राउ गरी अनुसन्धान बढाइएको छ । बलात्कारपछि हत्या गरेको स्वीकारेको र त्यही अनुसार कर्तब्यज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सइ मनोज यादवले बताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...