तनहुँमा बस दुर्घटना ६ जनाको अवस्था गम्भीर |

अन्य

तनहुँमा बस दुर्घटना ६ जनाको अवस्था गम्भीर |

डिसेम्बर १२ तनहुँ :-तनहुँकोमा यात्रु वस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् ।चितवनको नारायणगढबाट पोखरा आउदै गरेको ना ५ ख ९८४६ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत पर्ने तनहुँको बेलभञ्ज्याङमा दुर्घटना भएको हो ।दुर्घटनामा १८ जना सामान्य घाइते भएका छन् भने, ६ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि पोखरा र काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।बसको यान्त्रिक खरावीका कारणले बस दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसमेत घाइते भएको तनहुँका एसपी उमेशराज जोशीले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा पोखरा-८ कि ६३ वर्षीया डम्बरकुमारी गुरूङ, पोखरा-११ की ६० वर्षीया मनकुमारी गुरूङ, पोखरा-१२ कि ३१ वर्षीया कामना गुरूङ, पोखरा रामबजार की ४२ वर्षीया चीजा नेपाली, म्याग्दीका २० वर्षीय सूर्य थापामगर र व्यास नगरपालिका वडा नम्बर ९ की ४३ वर्षीया विष्णुमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...