धादिङ्गमा बस दुर्घटना १४ जनाको लाश फेला ,अझै यात्रु फेला परेन ।

अन्य

धादिङ्गमा बस दुर्घटना १४ जनाको लाश फेला ,अझै यात्रु फेला परेन ।

अक्टुबर २८ धादिङ्ग :- आज बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसबाट १४ जनाको शव निकालिएको छ । बिहानैदेखि प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ५ महिला, २ नाबालक र ७ पुरुषको शव निकालेको हो ।

बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन । राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।

उनीहरुका अनुसार बसमा ५० जना भन्दा बढी यात्रु सवार थिए । घाइते मध्ये ४४ वर्षीय दुर्गानन्द चौधरी र उनका १७ वर्षीय छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अहिले बस तान्नको लागि क्रेन ल्याइएको छ । क्रेनले बस तानेर बाहिर निकाल्ने प्रयास भइरहेको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...