सुन तस्करीका मुख्य नाइके गोरे संग ६ पृष्ठ लामो बयान लिईयो |

अपराध

सुन तस्करीका मुख्य नाइके गोरे संग ६ पृष्ठ लामो बयान लिईयो |
मे २४ काठमाडौँ :- सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ ।बयान लिने काम विहीबार पनि जारी रहनेछ । गोरसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ । ढिलोढिलो थोरै थोरै बोल्ने गोरेसँग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ । गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ । पहिलो दिन बुधबार लिईएको बयानले घटनाका विषयमा थप रहस्य खोल्ने सम्भावना देखाएको छ ।   स्रोत :-नागरिक दैनिक

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...