मार्छु भनेर नहानेको तर मरेछ ,एक बहादुर बिका |

अपराध

मार्छु भनेर नहानेको तर मरेछ ,एक बहादुर बिका |

फेब्रअरी १३ पोखरा :-कास्कीको मादी गाउँपालिकामा घरायसी विवादमा श्रीमानले चिर्पटले टाउकोमा हानेर श्रीमतिको हत्या गरेका छन् ।मादी ५ को वयरघारी वस्ने वर्ष ४६ कि गौमाया विकलाई उनकै श्रीमान वर्ष ४३ का एकवहादुर विकले कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ ।माघ २९ गते राती १० बजेको समयमा विकले श्रीमतिको हत्या गरेको र उनलाई मंगलवार विहान नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीको भनाई छ |श्रीमान-श्रीमती नै रक्सी खाएर प्रायः झगडा गर्ने गरेको अनुसन्धानमा खुलेको छ । घरमा एकबहादुरका आमा समेत थिईन् । सधैंजसो झगडा पर्ने भएकाले वास्ता नगरेको बताईन्छ ।

बेलुकी ८ बजेदेखि नै रक्सी खाएपछि उनीहरुबीच भनाभन हुन सुरु भएको थियो । राति ११ बजेतिर दाउराले देब्रे आँखाभन्दा माथिल्लो भागमा प्रहार गर्दा गौमाया ढलिन् । त्यसपछि एकबहादुर भागे । बिहान उठेर हेर्दा मात्र परिवारले गौमाया मरिसकेको थाहा पाएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे ।प्रहरीले एकबहादुरलाई पोखराको रामबजारबाट पक्राउ गरेर , जिल्ला प्रहरी कार्यालयमा पठाईयो । एकबहादुरले ‘मार्छु भनेर नहानेको तर मरिहाल्यो’ भन्ने बयान दिएको प्रहरीले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...