गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए |

अपराध

गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए |

फेब्रअरी २१ बुटवल :-प्रख्यात गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् ।रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको थापाले जानकारी दिए ।

घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको त्यहीँ बुधबार बिहान मृत्यु भएको हो ।कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइन्छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...