गौचन हत्याका मुख्य सुटर गोम्बे पक्राउ |

अपराध

गौचन हत्याका मुख्य सुटर गोम्बे पक्राउ |

जनवरी २३ काठमाडौँ :- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने प्रमुख सुटर श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बिहान गोम्बेलाई पक्राउ गरेको हो । व्यवसायी गौचनको गएको असोजमा २३ गते राजधानीको शान्तिनगरमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।

गौचनलाई गोली प्रहार गर्ने अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । उनीहरु दुवै जना सेनाका भगौडा हुन् ।यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...