धर्म गुरु आचार्यमाथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता |

अपराध

धर्म गुरु आचार्यमाथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता |
मे ८ विराटनगर:- धर्म गुरु श्रीनिवास आचार्यमाथि जि. प्र. कार्यालय मोरङले हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट आज १० दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो । सोमबार प्रहरीले काठमाडौंमा पक्राउ गरी आचार्यलाई विराटनगर ल्याइएको हो ।आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर नगरपालिका बेलचौंकका माधव ।चौधरी र नवलपरासी गैंडाकोटका लक्ष्मीराज अधिकारीलाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...